जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार १३:३४

सहकारीको रकम हिनामिना गर्ने रविलाई आज बेलुकी काठमाडौं ल्याउने तयारी


काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सहकारीको रकम हिनामिना गर्ने रवि लामिछानेलाई आज कास्कीबाट काठमाडौं ल्याइने भएको छ । बेलुकी ५ बजे हवाई मार्गबाट ल्याउन लागिएको हो । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ ।

यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको प्रहरीले जनाएको छ । रविलाई अनुसन्धानका लागि ल्याउन लागिएको काठमाडौं तेस्रो जिल्ला हो । रविको सहकारी ठगी जालो बढ्दै गएपछि अझै पनि विभिन्न जिल्लाहरु बढ्न सक्ने संकेत गरिएको छ । एउटा पूर्व संचारकर्मी र एउटा अमेरिकामा बसेर आएको व्यक्तिले राजनीति गरेपछि पक्कै फरक शक्तिको धार लिएर नै आएको हुनुपर्छ भन्ने अनुमान सबैमा थियो।

किनकि अमेरिका सपनाको देश हो। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले रवि र छविसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । यसअघि असोज ८ गते साहारा सहकारीका बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने तयारी रहेको छ । पोखराबाट आज बिहानै ल्याउने तयारी भएपनि यहाँको माहोलका कारण रद्ध भएको थियो । बिहान ल्याउँदा काठमाडौंमा प्रदर्शन चर्किन सक्ने भयले गर्दा बेलुकालाई टिकट सारिएको हो ।