काठमाडौं, माघ २३ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्