काठमाडौं, ७ फागुन । टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो ।
वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
टुँडिखेलमा मनाइयो ७५औं प्रजातन्त्र दिवस

प्रतिक्रिया दिनुहोस्