जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १२:४२

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द


काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा हुनुहुन्थ्यो
शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिनुभयो । भ्रमण रद्ध हुनुको कारणबारे भने पौडेलले केही बताउनुभएन ,सभापति भारत जाने तयारी थियो । रद्ध भएको छ,’ पौडेलले भन्नुभयो ।