गोरखा, फागुन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका एक दर्जनभन्दा बढी युवा नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी गोरखाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिवसमेत रहनुभएका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले खादा लगाएर पार्टी प्रवेश गराउनु भयो ।
माओवादी छाडेर नेकपा पिपुल्स फोर्सका केन्द्रीय अध्यक्ष दिपक थापा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बारपाक सुलिकोट गापाका पूर्वअध्यक्ष रबित तामाङलगायत एक दर्जन युवा रहेका छन ।
प्रचण्डलाई जिताएर प्रधानमन्त्री बन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको, राजनीतिक अस्थिरतामा खेलेको, देशलाई अन्योलमा लगेको, लिसोजस्तै जतानी टाँसिने प्रवृत्ति गरेकोले माओवादी पार्टी परित्याग गर्नुपरेको युवा नेता तामाङले बताउनु भयो ।

‘अब कम्युनिष्टको नीति सिद्धान्त भनेको नै एउटै पार्टी एमाले हो अरु खुद्रेको कुनै औचित्य छैन’, तामाङले भन्नुभयो । देशमा रहेका युवालाई देशमै रहन विभिन्न दक्षता र क्षमता को पहिचान गरि युवालाई अर्थोपार्जन गर्न युवामुखी कार्यक्रम गर्न एमालेबाटै सम्भव रहेको दिपक थापाले बताउनु भयो ।
जिल्लामा तेस्रो पोजिसनमा रहेको एमालेलाई पहिलो बनाउने अठोटसमेत थापाले गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्