काठमाडौं, फागुन १४ । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
यही फागुन १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रमुख गौतमका अनुसार बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।
सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन।
जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ। सत्ता पक्षले भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन। सोही बिषयमा छलफल गरी साझा निश्कर्ष निकाल्न र संसदमा प्रभावकारी भूमिका खेल्ने बिषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्