जनता टाइम्स

१४ फाल्गुन २०८१, बुधबार २२:३३

एमालेमै फर्किए नेकपा एसतिर लागेका युवा नेता राजु गुरुङ


काठमाडौं, फागुन १४ पार्टी विभाजनमा नेकपा एकीकृत  समाजवादीतिर लागेका रुपन्देहीका प्रभावसाली युवा नेता राजु गुरुङले पुन : नेकपा एमालेमै फर्कनु भएको छ । गुरुङले एमालेको सदस्यतासमेत नविकरण गर्नुभएको छ । 

नेकपा बिभाजनका बेला माधव नेपाल समुहमा लागेर नेकपा एकिकृत समाजबादीको केन्द्रीय सदस्यसमेत बनेका गुरुङ पछिल्लो एक बर्ष यता उक्त पार्टीमा समेत असन्तुष्टि जनाउदै अलग भएको घोषणा गर्नुभएको थियो ।

‘मैले नेकपा एमालेमा असन्तुष्टि जनाउदै बिचलित भएर माधव नेपालको पक्षमा लागेको थिए । आज बालुवाटरमा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीसंग भेटर सदस्यता नविकरण गर्छु भनेको छु। उहाँले स्वागत गर्छु भन्नुभयो,’ गुरुङले भन्नुभयो। 

गुरुङले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलसंगको सल्लाहमा अध्यक्ष केपी ओलीसंग भेटेर आफ्ना कुरा राखेको बताउनु भयो ।

‘अव नेपालको कम्युनिष्ट आन्दोलन बिभाजित होईन, संगठित गर्नुपर्छ । म तपाईको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस भनेको छु । उहाँ ले तपाई जत्तिको राजनितीक मान्छे बिचलित हुने होईन, सदस्यता नविकरण गर्नुस भन्नुभयो,’ गुरुङले भन्नुभयो । 

बिद्यार्थीकाल देखि अनेरास्ववीयुबाट राजनितीक यात्रा सुरु गर्नुभएका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववीयु सभापती, युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रिय उपाध्यक्षसमेत हुनुभएको थियो ।