जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार १२:१८

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।  बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समसामयिक राजनीतिक घटनाक्रमको छलफलका साथै पार्टीले थालेको आन्दोलनबारे समीक्षा हुने बताए । सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’, नारा दिएर आन्दोलन गर्दै आएको छ ।