काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाक्षिक क्यालेन्डर बनाउनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्