जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १२:२६

प्रहरीले पक्राउ गर्यो पूर्वमन्त्री रुप ज्योतिकी छोरी, यस्तो छ कारण


काठमाडौं, कात्तिक २२ । हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा व्यापारी ज्योति समूहका रुप ज्योतिसँगै उनकी छोरी सुरुची ज्योति समेत पक्राउ परेकी छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाउछोरीलाई बिहिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योति विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ गरेका हुन्। ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएको थिए ।

उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा रहेको थियो। त्यसैका आधारमा छोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।