जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०६:५४

चार प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक ६ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।