काठमाडौं, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने तीर्थाटनका लागि आज भारत प्रस्थान गर्दै हुनुहुन्छ।
लामिछानेको निजी सचिवालयका अनुसार उहाँ कात्तिक ६ गतेदेखि तीन दिन भारतमा रहनुहुनेछ। यस क्रममा उहाँले परिवारसहित भारतका विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्ने कार्यक्रम छ।
तीर्थाटनका क्रममा उहाँले उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम तय भएको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्