जनता टाइम्स

६ कार्तिक २०८३, शुक्रबार ०६:५८

काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम


काठमाडौं, कात्तिक ६ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष आजसम्मकै कम मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस मापन भएको छ।

बिहीबार बिहान सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। बिहीबार बिहान ८ः४५ बजे गरिएको अन्तिम मापनमा भने न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस कायम भएको थियो।

शुक्रबारको न्यूनतम तापक्रम पनि बिहान ८ः४५ बजे पुनः मापन गरिनेछ। त्यसबेला प्रारम्भिक मापनभन्दा तापक्रम केही घट्न सक्ने भए पनि कहिलेकाहीँ सुरुकै तापक्रम कायम रहने मौसमविद् अधिकारीले बताउनुभयो।

प्रारम्भिक मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष आजसम्मकै कम हो।