जनता टाइम्स

१३ भाद्र २०८२, शुक्रबार १०:०३

बीमा प्राधिकरणमा नयाँ अध्यक्ष चयन प्रक्रिया सुरु, सरकारद्वारा तीन सदस्यीय सिफारिस समिति गठन


काठमाडौं । नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी रहेका छन् । सदस्यहरुमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञतर्फ डा. खोमराज खरेल छन्।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको गठन गर्ने निर्णय गरेको हो। बीमा प्राधिकरणमा अध्यक्ष पद खाली भएपछि सरकारले नयाँ नेतृत्व चयनका लागि समिति बनाएको हो।

गत फागुनमा नियुक्त भएका तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले साउनमा पदमुक्त गरेको थियो।

समितिले अब योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ र त्यसपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।