जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०९:२८

टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागि स्थगित


काठमाडौं, भदौ १८ । नेपाल टेलिकमको ‘कलर रिङ ब्याक टोन’ (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।

टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । यथाशीघ्र समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको कम्पनीले जानकारी गराएको छ ।

टेलिकमले सेवा अवरुद्धका कारण ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।