जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १९:५४

शीतल निवासमा जुट्यो सहमति : आजै सुशीला कार्की प्रधानमन्त्री–प्रतिनिधिसभा विघटन


काठमाडौं, भदौ २७ । झण्डै २४ घण्टाको रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ ।

शीतल निवासमा वार्तामा सहभागीहरूका अनुसार आजै राति ९ बजे कार्कीलाई शपथ खुवाउने तयारी अघि बढाइएको छ ।
वार्तामा राष्ट्रपति पौडेल, जेन–जी समूहका प्रतिनिधि र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी हुनुहुन्थ्यो । पूवर्वधानन्यायाधीश कार्की प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री नियुक्त हुन अस्वीकार गर्दै आउनुभएको थियो ।

कार्कीको अडानअनुसार विघटन र शपथको सहमति भएको हो । संसद् विघटन गर्ने सहमति भएसँगै कार्कीले प्रधानमन्त्रीको रूपमा शपथ लिने बताउनु भएको स्रोतले जनायो ।

यद्यपि चुनावको मितिबारे भने केही बताइएको छैन । प्रतिनिधिसभा विघटन गर्दा न चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।