जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार १६:२९

जेनजी हाम्रै परिवारका सदस्य हुन्, उनीहरूको माग सुशासन र पारदर्शिता हो : माधव ढुंगेल


काठमाडौं, भदौ २८। नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले हालको जेनजी आन्दोलनलाई परिवारकै सदस्यहरूको आवाजका रूपमा व्याख्या गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशित विचारमा उहाँले जेनजीको मागलाई सुशासन र पारदर्शितासँग जोड्दै यो सबैको साझा मुद्दा भएको उल्लेख गर्नुभएको छ। ‘जेन्जी भनेका हाम्रा घरका भाई बहिनी र छोरा छोरी हुन्, उनीहरुले खोजेको सुशासन र पारदर्शीता हो, यो हामी सबैको मुद्दा हो’, उहाँले भन्नुभयाे ।

ढुंगेलले एमालेलाई लामो इतिहास बोकेको, संघर्षको मैदानबाट आएको र करिब ७ लाख सदस्य भएको जिम्मेवार पार्टीको रूपमा चित्रण गर्नुभएकाे छ। ‘हामी जस्ताे सुकै अप्ठ्याराे अवस्थाको पनि व्यवस्थित समाधान खोज्दै आएका छौं, राष्ट्रिय स्वाधीनताको क्षेत्रमा हाम्रो नेतृत्वको भूमिका ऐतिहासिक र गौरवपूर्ण छ’, उहाँले लेख्नु भएकाे छ ।

भदौ २३ र २४ गतेका घटनाबारे ढुंगेलले सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ ।