जनता टाइम्स

२९ भाद्र २०८२, आईतवार २१:१५

महान्यायाधिवक्तामा  वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त


काठमाडौं, भदौ २९ । वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बराललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्ति जारी गर्दै नियुक्तिको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई नियुक्त गरिएको हो ।

संविधानले महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारको रूपमा परिभाषित गरेको छ । सरकारका तर्फबाट मुद्दा प्रस्तुत गर्ने, कानुनी परामर्श दिने र आवश्यकता अनुसार सरकारको तर्फबाट संविधान तथा कानुनको व्याख्या गर्ने जिम्मेवारी यस पदसँग सम्बन्धित रहन्छ ।