काठमाडौं, भदौ २९ । जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड लुटिएको पाइएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड लुटिएको नेपाल टेलिकमले जनाएको छ।
कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह गरेको छ। साथै, फेला परेमा नजिकैको नेपाल टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन समेत अनुरोध गरेको छ।
चोरी भएका रिचार्ज कार्डहरूमा 1125030123600001 देखि 1125030123606000 सम्मका ६० हजार, 1125030094510001 देखि 1125030094518000 सम्मका ८ हजार र अन्य द्द हजार वटा सयका र २ सय वटा ५० का रिचार्ज रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले उक्त रिचार्ज कार्डहरूको वितरण, बिक्री वा प्रयोग नगर्न विशेष अनुरोध गर्दै आम सर्वसाधारणलाई सतर्क रहन भनेको छ।














प्रतिक्रिया दिनुहोस्