काठमाडौं, भदाै ३०। नेकपा (एमाले) का युवा नेता माधव ढुङ्गेलले पार्टी नेतृत्वमाथि भइरहेको असभ्य प्रहारलाई गलत बताउँदै त्यस विरुद्ध सचेत रहन आह्वान गर्नु भएको छ ।
ढुङ्गेलले सामाजिक सञ्जालमार्फत नेतृत्वविरुद्ध प्रतिकूल परिस्थितिमा भइरहेको अश्लील आक्रमणलाई अनुचित भन्दै यसमा गम्भीर विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनु । उहाँले ‘गतिमा अस्तित्व हुन्छ’ भन्दै चुनौती र प्रतिकूलतालाई सामना गर्ने क्षमतामा एमाले नेतृत्व सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो ।
‘प्रतिकूलतामा नेतृत्व माथिको अश्लील आक्रमण नितान्त गलत तरिका हो, नियति र षडयन्त्रको मसिनो विष्लेषण हुनुपर्छ, ढुक्क हुनुहोस्, हाम्रो नेतृत्वले समयको प्रवाहलाई आत्मसात् गर्ने क्षमता राख्छ,’ ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
उहाँले राजनीतिक जीवनमा आउने उतारचढावलाई सामान्य प्रक्रियाका रूपमा लिँदै त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्