काठमाडौँ, भदौ ३०। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्नुभएको छ ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गर्नुभएको हो । उहाँका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत हुनुहुन्थ्यो । भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
पार्टी कार्यालय निरीक्षणपछि भावुक बन्नुभएका महासचिव पोखरेलले उपस्थित पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै खरानीबटौ फेरि उठने उदघोष गर्नुभयो । ‘नेपालको इतिहासमा यति विनाशकारी घटना कहिल्यै भएको थिएन, नेपालको स्वाभिमानमाथि छानीछानी आक्रमण गरिएको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको संविधान जारी भएको दिनलाई केन्द्र मानेर हामी खरानी बनाइएको देशभरका पार्टी कार्यालयबाट फेरि संविधानले परिकल्पना गरेको मुलुक बनाउने अठोटसहित उठ्ने छौँ।’














प्रतिक्रिया दिनुहोस्