चितवन, असोज ३। चितवनको ईच्छाकामना गाउँपालिकास्थित तुइनखोला नजिकै पहिरो खस्दा सवारीसाधन र यात्रुहरु रोकिएका छन् ।
शुक्रबार साँझ उक्त सडक खण्डमा ढुंगा खस्दा माइक्रोमा लागेको पनि यात्रुहरुले बताएका छन् । गुडिरहेको माइक्रोमा लाग्दा अगाडिको भागको सिसा फुटेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पहिरोपछि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि अघिदेखि सवारी जाम बढेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै काठमाडौं जाने र आउने यात्रु एवम सवारी साधन अलपत्र परेका छन् । प्रहरीले पहिरो पन्छाएर जाम खुलाउने प्रयास जारी रहेको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्