जनता टाइम्स

४ आश्विन २०८२, शनिबार ०७:१९

तुइन खोलाको पहिरोले नारायणघाट-मुग्लिन सडक १२ घन्टादेखि अवरूद्ध , खुलाउने प्रयास चल्दै


काठमाडौं,४ असोज ।  पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै बन्द भएको छ । हिजो बेलुकी सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

माथिबाट पहिरो आउने जोखिम कायमै रहेकोले राति सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । मुग्लिन प्रहरीका अनुसार अहिले उज्यालो भएपछि पहिरो पन्छाउने तयारी भैरहेको छ । तर माथिबाट पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ ।

रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।