काठमाडौं, असाेज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अवलोकन गर्नु गर्नुभएको छ ।
शाक्यले नयाँ पुस्तालाई यो घर संग्राहलयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको बताउनुभयो ।
उहाँले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वश्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको उहाँले बताउनुभयो ।
‘मलाई यो घर ब्यवस्थापन मलाई छ महिना लाग्यो ’ उहाँले भन्नुभयो ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्काे कोठामा चाइना, कम्बोडिया, भारत, भियतनाम, जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के के सामानहरु थिए भनेर सम्झना गर्नुभएको छ ।

‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भन्नुभएको छ ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’
शाक्यले घर फेरी बनाउन सकिए पनि इतिहास फेरी बनाउन नसकिने बताउनुभएको छ । जेनजी आन्दोलनका अराजक जत्थाले बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।













प्रतिक्रिया दिनुहोस्