काठमाडौँ, असोज ६ । नवनियुक्त चार मन्त्रीले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ।
यस अघि प्रधानमन्त्री सुशीला कार्की र अन्य मन्त्रीको शपथग्रहण कार्यक्रममा अनुपस्थित सभामुख देवराज घिमिरे पनि आजकाले कार्यक्रममा सहभागी हुनुभएको छ ।
आज शपथ लिने मन्त्रीहरूमा अनिल सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल रहनु भएको छ । उहाँहरूले राष्ट्रपति सामु पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।
शपथग्रहण समारोहमा प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । तर राजनीतिक दलका शीर्ष प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरू भने कार्यक्रममा देखिएनन् ।
नवनियुक्त मन्त्री अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्