जनता टाइम्स

८ आश्विन २०८२, बुधबार १४:१८

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन तयारी र मुलुकको सुरक्षा अवस्थाबारे व्यापक छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक व्यवस्थाबारे दुवै नेताबीच कुराकानी भएको थियो । भेटमा निर्वाचन सुरक्षाका चुनौती, सरकारी संयन्त्रको तयारी तथा राजनीतिक दलहरूको आचारसंहिता पालना सम्बन्धी विषय पनि उठान भएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको र त्यसका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी गराएकी थिइन् गराउनुभएकाे थियाे । राष्ट्रपति पौडेलले पनि लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्ने अवसरका रूपमा निर्वाचनलाई लिँदै सम्पूर्ण संयन्त्रलाई जिम्मेवार ढंगले काम गर्न सुझाव दिनुभएकाे छ ।