काठमाडाैं, असोज ८। रूपन्देहीको गैडहवामा पानी तान्ने मोटरबाट करेन्टले एक वृद्ध दम्पतीको ज्यान लिएको छ।
गैडहवा गाउँपालिका–६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया पत्नी अकालीसिंहको आज बिहान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। डीएसपी सुरज कार्कीका अनुसार बिहान खेतमा लगाइएको तरकारीमा पानी हाल्न ह्याण्ड पाइपसँग मोटर जडान गर्ने क्रममा घटना भएको हो। मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा अकालीसिंहलाई करेन्ट लागेको र उहाँलाई छुटाउन खोज्दा रामरतनलाई पनि करेन्ट लागेकाे थियाे ।
दुवैजनाको घटनास्थलमै मृत्यु भएपछि शवलाई पोस्टमार्टमका लागि भीम अस्पताल, भैरहवा पठाइएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले गाउँमा सुरक्षित विद्युतीय उपकरणको अभाव, तार टुपिन नहुने समस्या र आवश्यक सावधानीबारे जानकारी नहुनु यस्ता दुर्घटनाको मुख्य कारण भएको बताएका छन्। ग्रामीण क्षेत्रमा प्रायः किसानहरूले जोखिम मोलेर पानी तान्ने मोटर चलाउने गरेका कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्