जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार ०८:५७

‘लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधी हो, मेयरको कुर्सीमा बस्न लायक छैन’ : सूर्य थापा


काठमाडौं, असोज २२। नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई माथि तीव्र आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिनुभएको छ। लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधीको संज्ञा दिनु भएको छ ।

थापाले बुधबार बिहान आफ्ना फेसबुक पेजमार्फत साहले सिंहदरबार आगो लगाउन लगाएको निभाउन दमकल नपठाएर आपराधिक काम गरेको बत्ताउनुभएको छ । ‘दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद् भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ’, उहाँले लेख्नु भएको छ ।

उहाँले भदौ २४ गते राजधानीमा आगलागीका क्रममा ५४ जनाको ज्यान गएको घटनाको प्रसङ्ग उठाउँदै त्यसको ‘उक्साहट’ काठमाडौं महानगरका प्रमुख बालेन शाहकै निर्देशनमा भएको दाबी गर्नुभएको छ। थापाले लेख्नुभएको छ, ‘भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो, उ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो।’

यस्ता आपराधिक काम गर्ने व्यक्ति मेयरको कुर्सीमा बस्न लायक नभएको उहाँको धारणा छ ।  ‘राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन, थापाले लेख्नु भएको छ ।