जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १९:३१

बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं, कात्तिक ८ । आगामी बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार हालको पूर्वानुमानले २९ जिल्लामा वर्षाजन्य जोखिम देखाएको छ। काठमाडौं र मनाङसहित विभिन्न जिल्लामा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो।

यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा परिवर्तन हुन सक्ने पोखरेलले बताउनुभयो। उहाँले किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।