काठमाडौं, असोज २२ । मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूले सरकारमाथि यति चाँडै नागरिकको प्रश्न बढेको भन्दै संयमित कदम चाल्नुपर्ने सुझाव दिएका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको ५ घण्टा लामो बौठकमा सुरक्षा प्रमुखहरूले यस्तो सुझाव दिएका हुन ।
प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकाय प्रमुखहरूसँगै सोमवार राती १० बजेदेखि मंगलबार बिहान ३ बजेसम्म बैठक गर्नुभएको हो । सो बठकमा प्रधानमन्त्री देशमा उत्पन्न नयाँ सुरक्षा चुनौतीबारे समीक्षा भएको छ ।
बैठकमा मुख्यगरी जेन–जी आन्दोलनमा घुसपैठ भएको समुहहरूबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई पक्राउ गरेर कारबाही गर्न दबाब बढेपछि त्यसले उत्पन्न गराउन सक्ने चुनौती र निर्वाचनबारे बैठकमा छलफल भएको थियो ।
गृहमन्त्री अर्यालले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने निर्देशन दिएपछि सुरक्षा प्रमुखहरूले यस्तो भूल गर्न नहुने भन्दै आपत्तिसमेत जनाएका छन । स्रोतका अनुसार ‘पक्राउ गर्नुपर्ने भनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेन–जीका केही समुह र मन्त्रीसमेतले ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब र धम्की दिएको विषयमा गमभीर छलफल भएको थियो ।
जवाफमा सुरक्षा प्रमुखहरूले पक्राउ गर्दा र नगर्दा दुवै परिस्थितिमा उत्पन्न हुन सक्ने चुनौतीबारे सुझाव दिएका हुन । बैठकमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले कानुनी प्रक्रियाभित्र समेटिने सन्दर्भमा कारबाही अघि बढाउन निर्देशन दिनुभएको थियो । बैठकमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा आागजनी र तोडफोड गर्ने ब्यक्तिहरु पहिचान भएपनि पक्राउ गर्न नहुने तर्क गर्नुभएको स्रोतले बतायो । ‘थप रक्तपात हुन सक्छ, निर्वाचनको माहोल भाँडिन सक्छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै यो प्रक्रिया अघि बढाउनुपर्छ ,’ गृहमन्त्रीको भनाई थियो । नेपाल प्रहरीका महानिरीक्ष (आइजीपी) चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी बलका महानिरीक्ष राजु अर्यालले पनि गृहमन्त्री अर्यालकै धारणालाई समर्थन गरी आफ्नो धारणा राख्नुभएको छ । आइजीपी खापुङले अहिले कोही निश्चित व्यक्तिले भन्दैमा जाहेरी दर्ता गर्ने र पक्राउ गर्दै जाने हो भने भोलि वर्तमान मन्त्रिपरिषद्कै अधिकारीहरूविरुद्ध पनि उजुरी आउँदा के गर्ने भन्ने प्रश्न सोध्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र लेखकलगायतविरुद्ध आएको जाहेरी दर्ता गर्दा भोलि विगतमा बालेनले सिंहदरबार जलाउनुपर्छ भन्दै लेखेको स्टाटसलाई आधार बनाएर उनीविरुद्ध जाहेरी आए के गर्ने भन्ने प्रश्न उठ्ने भएकाले पनि संयमता अपनाउनुपर्ने ब्रिफिङ भएको थियो ।
बैठकमा सुरक्षा प्रमुखहरूले सुदन गुरुङकै प्रस्तुति र शैलीलाई लिएर प्रश्न उठाएका थिए । ‘सुधनको शैलीले प्रहरी र कर्मचारीको मनोबल घटाएको छ । फेरि उनकै एजेन्डामा काम गर्दै जाने हो भने कसरी अघि बढ्न सकिएला ?’ उनीहरुको भनाई थियो । सुरक्षा प्रमुखहरुको असहमतिपछि रातभरि भएको छलफल बिनानिश्कर्ष टुंगिएको थियो ।

सुरक्षा बैठकको भोलिपल्टै बालेन र सुधन गुरुङबिरुद्ध अखिलका पूर्वअध्यक्ष समिक बडाल नेतृत्वको टीमले किटानी जाहेरी दर्ता गर्न प्रहरीमा निवेदन दिइसकेको छ । यद्यपी प्रहरीले जाहेरी दर्ता गरेको छैन । अखिलका पूर्वअध्यक्ष समिक बडालका अनुसार प्रहरी अधिकारीहरूले सरकारी वकिलसँग राय लिएर जवाफ दिने बताएका छन् ।
सोमबार दिउँसो जेन–जी आन्दोलनका घाइतेसमेतलाई लिएर सुदन भद्रकालीस्थित काठमाडौं प्रहरीमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतविरुद्ध जाहेरी लिएर पुग्नुभएको थियो । प्रहरीले जाहेरी दर्ता नगरी पठाइदिएपछि सो समुह त्यहाँ प्रहरीविरुद्ध असन्तुष्टि जनाउँदै निस्किएको थियो ।
बैठकमा सुरक्षा प्रमुखहरूले सुदन गुरुङकै प्रस्तुति र शैलीलाई लिएर प्रश्न उठाएका थिए । ‘सुधनको शैलीले प्रहरी र कर्मचारीको मनोबल घटाएको छ । फेरि उनकै एजेन्डामा काम गर्दै जाने हो भने कसरी अघि बढ्न सकिएला ?’ उनीहरुको भनाई थियो ।
सुरक्षा प्रमुखहरुको असहमतिपछि रातभरि भएको छलफल बिनानिश्कर्ष टुंगिएको थियो । अन्तमा बैठकमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले समेत तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउका लागि कानुनी आधार चाहिने धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्