जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार २०:२९

कांग्रेस पदाधिकारी बैठक बस्दै 


काठमाडौं, असोज २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाउनुभएकाे छ। देउवाको आह्वानमा बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको हो।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा हालै विकसित राजनीतिक घटनाक्रम र आउँदो केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुनेछ।

जेनजी आन्दोलन पछि विकसित राजनीतिक घटनाक्रम, मधेस प्रदेशमा नयाँ सत्ता समीकरण लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।