जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार १२:१३

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, सात हजार प्रहरी परिचालन


काठमाडौं,  असोज २३। काठमाडौं प्रहरीले बिहीबार बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले) ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रहरी अधिकारीका अनुसार ७ हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।