भक्तपुर, असोज २३ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले पार्टीभित्र पुनर्गठनको बहस हालको परिस्थितिमा असान्दर्भिक भएको बताउनुभएको छ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले बिहीबार सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक भए पनि त्यसको उचित फोरममा निर्णय हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो। यो हुन्छ नै, तर अहिले पार्टीमाथि बाह्य आक्रमण भइरहेका बेला एकतामा रहनु आवश्यक छ, यस्ता विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले निर्णय गर्ने अवसर पाउँछ, तर वर्तमान परिस्थितिमा सबैभन्दा आवश्यक कुरा पार्टीभित्रको एकता हो।’
ढकालले पार्टी पुनर्गठनको नाममा प्रचारबाजी गर्नु उपयुक्त नभएको पनि स्पष्ट पार्नुभयो। उहाँले थप्नुभयो, ‘भदौ २०–२२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेनजी आन्दोलनले उठाएका सही एजेन्डा समेटिने सुनिश्चितता पार्टीले दिन्छ।’













प्रतिक्रिया दिनुहोस्