जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार ०७:३२

एमालेको सचिवालय बैठक आज बस्दै


काठमाडौँ,  असोज २४ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ ।

साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो । यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो ।