जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार ०८:१९

राष्ट्रिय युवा संघ नेपालले भोली काठमाडौंमा मोटरसाइकल र्‍याली गर्दै


काठमाडौं, असोज २४ । राष्ट्रिय युवा संघ नेपालले भोलि शनिबार काठमाडौंमा वृहत् मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

पुनर्जागृत र राष्ट्रिय एकताको लागि भन्दै संघले काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न लागेको हो । र्‍याली दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने संगठनले जनाएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा देशमा ध्वस्त भएपछि राष्ट्रियता माथिको प्रहार, लोकतन्त्रमाथिको चुनौती र संविधानविरुद्धको षड्यन्त्रका विरुद्ध संगठनले र्‍याली गर्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम पछि मौन रहेको राजनीतिक दल त्यसका भातृसँगठनहरु बिस्तारै संगठित हुँदै अन्तरिम सरकारको गतिविधि विरुद्ध जुटेका छन् ।

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेको सरका गठन र त्यसका काम कारबाही असंवैधानिक र गैरकानुनी भन्दै संस्थागत रूपमा आलोचना गरेका छन् ।