जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार १४:०४

आज बस्ने भनिएको एमाले सचिवायलय बैठक स्थगित 


काठमाडौं, असाेज २५। नेकपा एमालेको आजको लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । यस अघि शुक्रबार सचिवालय बैठक बसेको थियो ।

शुक्रबारको बैठकमा राति अबेरसम्म चलेको थियो ।  बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षहरूका साथै महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो धारणा राखिसक्नु भएको छ । अब दुईजना उपमहासचिव तथा सचिवहरूले धारणा राख्न बाँकी छ ।

बैठक पुन भोलि बस्ने बताइएको छ  । बैठकमा जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिका साथै पार्टीको आगामी योजनाको बारेमा छलफल भइरहेको छ । गत भदौ २३ र २४ गत भएको  हिंसात्मक प्रदर्शन पछि एमाले नेतृत्वको केन्द्रीय सरकार ढलेको थियो । अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।