काठमाडौं, असोज २६ । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ पर्नुभएकाे छ ।विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उहाँसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उहाँका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।














प्रतिक्रिया दिनुहोस्