जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार २०:५५

जेनजी भन्दै धम्क्याउने शाहीमाथि बाल्यकालमै बाख्रा र कुखुरा चोरेको आरोप


काठमाडौं, असोज २८ ।  आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही बाल्यकालदेखि नै चोरी कार्यमा संलग्न हुने गरेको पाइएको छ । प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।

उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए । तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला पारेको छ । उहाँ उक्त चोरीको घटनाबाट अहिलेसम्म गाउँ नगएको समेत भेटिएको छ ।

शाहीकी आमाले आफ्नो परिवारसँग उहाँको सम्बन्ध राम्रो नभएको प्रहरीलाई बताउनुभएको छ । गत वैशाखमा भएको इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा समेत उहाँ उम्मेदवार बन्नुभएको थियो ।