जनता टाइम्स

३० आश्विन २०८२, बिहीबार ००:२१

नेपाल ओमनलाई पराजित गर्दै शीर्ष स्थानमा 


काठमाडौं, असोज ३०। ओमनमा जारी आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्स चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली ओमनलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ र विश्वकप खेल्न पाउने भएकाे छ ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा १५१ रनको योगफल खडा गरेको थियो।  ओमनले २० ओभरमा नौ विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो।