काठमाडौं, असोज ३० । बुद्ध एयरमा मालिक वीरेन्द्रबहादुर बस्नेत लगायतले नयाँ पार्टी दर्ता गराउनु भएको छ ।
बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थलगायतले निर्वाचन आयोगमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक दल दर्ता गराउनु भएको हो । पार्टीको अध्यक्षमा प्रसाईं हुनुहुन्छ भने महासचिव पियुषप्रसाद कायस्थ रहनुभएको छ ।
सो दलको दर्ता नम्बर ५१७ रहेको छ । एअरलाइन्सको सफलतासँगै गृहजिल्ला मोरङमा कृषि उद्यममा लाग्नुभएका बस्नेतको परिवार राजनीतिक हो । उहाँको बुवा सुरेन्द्रबहादुर बस्नेत राप्रपामा आवद्ध हुनुहुन्थ्यो । पिताको बिडो थाम्दै बस्नेत पनि राजनीतिमा आउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्