जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार ०७:२०

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


काठमाडौँ,  कात्तिक  ९ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।