काठमाडौं, कात्तिक ९। गृह मन्त्रालयले देशका विभिन्न १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी सरुवा तथा जिम्मेवारी हेरफेर गर्नुभएको हो।
गृह मन्त्रालयका अनुसार १५ जना प्रमुख जिल्ला अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ। त्यस्तै, एक जनालाई प्रमुख जिल्ला अधिकारीबाट प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा पठाइएको छ भने एक जनालाई मन्त्रालयमै तानिएको छ।
यो निर्णय मन्त्रालयभित्र चलिरहेको नियमित प्रशासनिक समायोजन अन्तर्गत गरिएको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्