जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार ११:३२

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन


काठमाडौं, कात्तिक १२ । प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन गरिएको संबैधानिक इजलाशमा बरिष्ठतम न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहनुभएको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संबिधानबिपरित प्रधानमन्त्री नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गर्नुभएको प्रतिनिधिसभा बिघटनको सिफारिशलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्नुभएको थियो । सो निर्णयबिरुद्ध अदालतमा रिट परेको हो ।