जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार २०:०२

आफताब आलम भेन्टिलेटरमा


काठमाडौं,  कात्तिक १२ । गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता आफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ।

उहाँकाे काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार उहाँलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो ।

जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउनुभएको थियो ।ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा जेलमा रहेकामा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।