जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार ०७:२०

मध्यरातमा पोस्ट र डिलिट भएको बालेनको स्टाटसले सञ्जालमा निम्त्यायो बहस


काठमाडौँ, कात्तिक  १६। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन् । शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दले बालेन विवादमा तानिएका हुन् ।

उक्त स्टाटसमा उनले दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए । पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो ।

लगभग आधा घण्टापछि बालेनले उक्त स्टाटस हटाएका थिए । तर त्यसअघि नै उनको अभिव्यक्ति भाइरल भइसकेको थियो । जसको स्क्रिसट धेरै जना प्रयोगकर्ताले लिइसकेका छन् । जुन यतिबेला सञ्जालभरी छन् ।

यतिबेला सञ्जालभरी एक खालको बहस सुरु भएको छ । अधिकांशले बालेनको विरोध गरेको देखिन्छ भने कतिले मजाकको रुपमा लिएको पनि देखिन्छ ।

छिमेकी मुलुकहरूमाथि यसरी प्रहार गर्नु कुनैपनि मुलुकको लागि राम्रो नहुने अधिकांशको भनाइ छ । समाजिक संजाल प्रयोगकर्ताहरुले उनले नसालुपदार्थ सेवन गरेर लेखेको भन्दै आलोचन समेत गरेका छन् । उनीले पटक पटक सामाजिक संजाल फोहोर गर्दै आएका छन् ।

बालेन सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए।

सोही अभिव्यक्तिकै कारण जेनजी आन्दोलनमा सिंहदरवार जलाइएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको छ। जेनजी आन्दोलनमा पनि फेसबुकमा विभिन्न स्टाटस लेखेर उक्साएको उनीमाथि आरोप लाग्दै आएको छ।

हामिले सम्पादकिय नियम अनुसार आदरार्थी  शब्दको प्रयोग गर्नुपर्ने हो तर समाजमा यस्ता अराजकता सिर्जना गर्ने भ्रम फैलाउने ब्यक्ति भएको हुँदा उक्त ब्यक्तिलाई आदरार्थी शब्द प्रयोग गर्दा  शब्दको मानर्मदन हुने भएकोले तिमी शब्द प्रयोग गरिएको छ । जनता टाइम्स