जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार २१:३८

तनहुँ क्षेत्र नं. २ मा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत 


तनहुँ, मंसिर १३ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिहरु सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ।

विभिन्न तह–संगठनहरूबीच भएको परामर्श, समन्वय र सहमतिको प्रयासपछि प्रतिनिधिहरूको नामावली टुंगो लागेको हो। खुला तर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल सर्वसम्मत रूपमा छनोट हुनुभएकाे छ ।

महिला समूहबाट विर्सना श्रेष्ठ र विष्णुमाया अधिकारी पराजुली चयन हुनुभएकाे छ । त्यसैगरी ४० वर्षमुनिका युवा समूहबाट उज्वल खनाल प्रतिनिधिका रूपमा सर्वसम्मत चुनिनु भएकाे छ ।

सहमतिको आधारमा सम्पन्न प्रतिनिधि छनोटलाई स्थानीय पार्टी नेतृत्वले संगठनभित्रको सकारात्मक राजनीतिक संस्कृति र एकताको निरन्तरता भएको भन्दै स्वागत गरेको छ। सर्वसम्मत चयन भएका सबै प्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।