काठमाडौं, मंसिर १३ । नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रिटर्नी फेडेरेसन नेपालले प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गरेको छ। संगठनभित्र आन्तरिक छलफल र सहमतिको आधारमा खुला तथा महिला दुवै तर्फबाट प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको फेडेरेसनले जनाएको छ।
रिटर्नी फेडेरेसनका अध्यक्षदेखि पदाधिकारीसम्म समावेश हुनेगरी चयन भएका प्रतिनिधिहरूको नाम यसप्रकार छन्–
खुला तर्फ :
– बिनोद भट्टराई — अध्यक्ष
– उत्तम अधिकारी — निबर्तमान अध्यक्ष
– नवराज श्रेष्ठ — उपमहासचिव
महिला तर्फ :
– अर्चना बस्नेत रोकाहा — उपाध्यक्ष
– सीता बस्याल — सचिव
प्रतिनिधि छनोटसँगै फेडेरेसनले महाधिवेशनमा संगठनको नीति, दृष्टि र योगदानलाई सशक्त ढंगले प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ। महाधिवेशनमा सहभागितामार्फत विदेशबाट फर्केका श्रमिक तथा नागरिकका मुद्दा अझ प्रभावकारी रूपमा उठाइने फेडेरेसनका पदाधिकारीहरूले बताएका छन्।













प्रतिक्रिया दिनुहोस्