रामेछाप, मंसिर १४। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबट सर्वसम्त रुपमा प्रतिनिधि चयन भएका छन् ।
प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत जिल्लाबाट खुल्ला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयनका लागि ६७ जनाकाे मनाेनयन दर्ता भएकाे छ । मनोनयन दर्ता गरेका उम्मेदवारहरुकाे बिचमा सहमित गर्न बनेकाे कार्यदलले सम्पूर्ण उम्मेदवार उहाँहरूसँग सहमति लिएर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेकाे हाे । महाधिवेशन प्रतिनिधिकाे सबै क्लष्टरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिनुभयाे ।
सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरू
खुल्ला – ६ जना
आनन्दकुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, टंकप्रसाद चौलागाई, पुरुषोत्तम कडरिया, शान्ति प्रसाद पौडेल र ज्ञानकुमार योञ्जन
महिला – ४ जना
गङ्गादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी, सीताकुमारी खत्री,
युवा – १ जना
बलबहादुर माझी
उत्पीडित – १ जना
सिताराम लोहार














प्रतिक्रिया दिनुहोस्