काठमाडौं, मंसिर १४ । कास्की जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि खुला, महिला र युवा क्लस्टरमा पर्ने सात–सात जना प्रतिनिधि औपचारिक रूपमा चयन भएका छन्। मनोनयन प्रक्रियाबाट पारित सूची जिल्ला कमिटीमार्फत सार्वजनिक गरिएको छ ।
कास्की–१ बाट खुला क्लस्टरमा टिकाराम पगेनी, वैनबहादुर श्रेष्ठी, वेदबहादुर गुरुङ र दर्शन लामा प्रतिनिधि चयन हुनुभएको छ । महिला क्लस्टरमा विजया सुवेदी र रक्षा भट्टराई चयन हुनु भएको छ। युवा क्लस्टरबाट नवराज ओझा प्रतिनिधि चयन हुनुभएको छ ।
कास्की–२ बाट खुला क्लस्टरमा तेजनारायण अधिकारी, रश्मि आचार्य, भेषराज बराल र रामप्रसाद खनाल चयन हुनुभएको छ । युवा क्लस्टरमा विजय पौडेल मनोनयन हुनुभएको छ भने महिला क्लस्टरतर्फ हिरा गिरी र सिर्जना शर्मा प्रतिनिधि बन्नुभएको छ ।
कास्की–३ बाट खुला क्लस्टरमा माधव प्रसाद बास्तोला, दीपक पौडेल, जगन्नाथ बास्तोला र लालबहादुर परियार चयन हुनुभएको छ ।
महिला क्लस्टरमा शोभा पहारी र गीता विक प्रतिनिधि बन्नुभएको छ । युवा क्लस्टरबाट भरतमान गुरुङ चयन हुनुभएको छ।
कास्कीका तीनै क्षेत्रबाट क्लस्टरअनुसार प्रतिनिधि मनोनयनसँगै महाधिवेशन तयारीको प्रक्रियामा जिल्लाको सहभागिता औपचारिक रूपमा सुनिश्चित भएको छ।













प्रतिक्रिया दिनुहोस्