जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ०७:२४

रोकिएन सुनतस्करी : ८ किलो सुनसहित विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ


काठमाडौं, मंसिर १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना चिनियाँ नागरिक ८ किलो सुनसहित  पक्राउ परेका छन्।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरका डिआइजी सूर्यप्रसाद उपाध्याका अनुसार गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।